काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ८१७ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो ।
आज थपिएका समेत गरेर नेपालमा सङ्क्रमितको कुल संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ । मन्त्रालयका अनुसार उनीहरु मध्ये हाल ३५ हजार ४१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८१२ सङ्क्रमित निको भएका छन् । हालसम्म १ लाख ५७ हजार ९२६ जना निको भएका छन् । नेपालमा अहिले ८१.१ प्रतिशत निको हुने दर छ ।
त्यस्तै संक्रमित मध्ये ३९८ जना आइसीयू र ८२ जनाको भेन्टिलेरमा उपचार भइरहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । उनीहरु समेत हालसम्म मृत्यु हुनेको संख्या १ हजार १०८ पुगेको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?




















