काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ७५३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ ।
भने संक्रमितको संख्या हालसम्म ३५ हजार ४३५ रहेको छ । पछिल्लो २४ घण्टामा थप १० हजार ४२३ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परक्षिणको संख्या १५ लाख २७ हजार ७६६ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


















