काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका संक्रमित २ हजार ९०९ थपिएका छन् भने ४ हजार ५ सय सङ्क्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरि २ हजार ९०९ जना सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ८८ हजार ८८३ पुगेको छ । हाल ३४ हजार ९०५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ५ सय सङ्क्रमित निको भएसँगै नेपालमा हालसम्म एक लाख ५२ हजार ९०८ जना निको भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ ।


















