काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ३०९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थपिएका समेत गरेर नेपालमा संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । उनीहरु मध्ये ३६ हजार ९११ जनामा भाइरस सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
त्यसतै पछिल्लो २४ घण्टामा ३ हजार ८४४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या १ लाख ४४ हजार ९७८ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या १ हजार ३४ पुगेको छ।


















