काठमाडौं । विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीको शुक्रबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत १२५ जना फोटोपत्रकारहरुकोे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।
राष्ट्रिय फोटोपत्रकार समूह एनएफीजे नेपाल र फोटोपत्रकार क्लवमा आवद्धरहेका र विभिन्न संञ्चार गृहमा कार्यरत फोटोपत्रकारहरुको कोभीड–१९ को परिक्षणका लागि स्वाब संकलन गरिएको बताइएको छ ।
विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटोपत्रकारलाई कोरोना संक्रमण देखिन थालेपछि उनीहरुको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको हो । देशका विभिन्न प्रयोगशालामा भइरहेको परीक्षणमा सञ्चारकर्मीमा पनि संक्रमण पोजेटिभ देखिन थालेका छ ।
देशभरी पछिल्लो समय संक्रमणको दर बढिरहेको छ । पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँग सञ्चारकर्मी पनि जोखिममा रहेपछि उपत्यकामा परिक्षण तिव्रपारीएको छ ।
स्वास्थ सेवा विभाग टेकुको सहयोगमा उक्त पिसिआर टेष्ट सम्पर्न भएको हो । उक्त टेष्ट गर्नको लागि विषेश पहल गरि दिएकोमा स्वास्थमन्त्रीका प्रेश संयोजक माधव तिवारीलाई एनएफपीजे नेपालका महासचिव प्रदिपराज वन्तले धन्यवाद दिएका छन् ।





















