काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार आज थपिएका समेत गरेर कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।
४ हजार ३ सय ६१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकाहरु मध्येबाट संक्रमण पुष्टि हुनेमा धनुषाका २१ जना, महोत्तरीका १९ जना, अछामका १४ जना, दैलेखका ६ जना, दाङ र कैलालीका ५/५ जना, पाल्पा र जुम्लाका ४/४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै इलाम, पर्सा, काभ्रे, नवलपरासी पूर्व, काठमाडौं र गोरखामा २/२ जना, धनकुटा, प्युठान, रोल्पा र अर्घाखाँचीमा ३/३ जना संक्रमित भेटिएका छन् ।
त्यस्तै झापा, सिरहा, सुनसरी, तेह्रथुम, रौतहट, नुवाकोट, ओखलढुंगा, सिन्धुली, पाल्पा, सिन्धुपाल्चोक, सुर्खेत, बाँके, बर्दिया र कञ्चनपुरमा १÷१ जना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।
त्यस्तै २४ घण्टामा ३४ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १० हजार ३ सय २८ पुगेको र ६ हजार ६ सय ९५ जना संक्रमित आइसोलेनसनमा रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
हाल क्वारेन्टिनमा २४ हजार ७ सय १६ जना रहेको बताइएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ ।



















