काठमाडौं । एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई २६२ रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको हो।
मलेसियाको लागि बाबर हायतले ११७ रनको अविजित शतकीय पारी खेले। उनले १२६ बलमा ७ चौका र ७ छक्का प्रहार गरे। आठौँ विकेटका लागि उनले ईशान खानसँग १२८ रनको शतकीय साझेदारी पनि बनाए । इशान खान भने ३५ रनमा अविजित रहे। तेस्रो क्रममा आएका हायतले एकतर्फबाट विकेट गइरहँदा पारी सम्हाल्दै हङकङको इनिङस् उकासे। ओपनरद्वय जिसन अली र अंशुमान रातले क्रमशस् १५ र १३ रन बनाउँदा साहिदवासीले ४५ रन बनाए ।
नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। शेर मल्लले ३ विकेट लिँदा चार जना बलरहरू विकेटविहीन भए। नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्यो।




















