काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देश र जनताको हित तथा कल्याणको कामना गर्दै मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन्।
राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित पशुपतिनाथ मन्दिर पुगेका थिए। उनले मन्दिरमा विधिपूर्वक पूजाआराधना गरी देशमा शान्ति, समृद्धि र जनताको सुख–समृद्धिको कामना गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
पूजाआराधनापछि राष्ट्रपति पौडेलले पशुपतिनाथका पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए।
यसअघि राष्ट्रपति पौडेलले सोमबार राष्ट्रका नाममा सम्बोधन गरेका थिए।




















