सत्रौं राष्ट्रिय धान दिवसका अवसरमा सोमबार तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित खेतमा धान रोप्दै किसान । जिल्लाका अधिकांश ठाउँमा रोपाइँ शुरु भएको छ भने केही ठाउँमा चैते धान थन्क्याएपछि मात्र धान रोप्ने तयारीमा कृषक छन । सत्रौँ राष्ट्रिय धान दिवसका दिन सोमबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थानीय किसान रोपाइँमा व्यस्त । स्थानीय जनप्रतिनिधिहरु पनि उहाँहरुलाई साथ दिन पुगेका छन । तनहुँको व्यास नगरपालिका५ साँगेका महिला रोपाइँ गर्नका लागि व्याडबाट धानको बीउ निकाल्दै । असार शुरु भएसँगै जिल्लाका कृषकलाई धान रोपाइँको चटारो छ । रोपाइँका लागि ट्र्याक्टरको सहायताले माटो सम्याउँदै । नेपाल कृषि अनुसन्धान परिषद बाली विज्ञान महाशाखा खुमलटारमा सोमबार रोपाइँ गरी सत्रौं राष्ट्रिय धान दिवस मनाइयो । फार्म परिसरमा रोपाइँका लागि राखिएको धानको बीउ । धानको बीउ ओसार्दै किसान । मेशिनको सहायताले धान रोपिँदै । कोदालीबाट खेत सम्याउँदै किसान । धनगढी उपमहानगरपालिका१३ स्थित कैलाली गाउँको खेतमा धान रोप्दै स्थानिय कृषक । यहाँका अधिकांश किसानहरु हिजोआज रोपाई गर्नमा निकै व्यस्त रहेको पाईन्छ । तस्बिरहरु : रासस