नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएकी कैलालीकी कोरोना सङक्रमित महिलाको शव बर्दियाको मानखोलास्थित ढकेरी जङगलमा व्यवस्थापन गर्दै नेपाली सेनाको टोली । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र नेपाली सेनाका कर्णेल नकुल थापाको पनि सहभागिता थियो । तस्बिर : रासस