सुकुम्बासी बस्ती भत्काउने निर्णयप्रति हर्क साम्पाङको आक्रोश : अरुको रोदन र चित्कारलाई संगीत नठान
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले सुकुम्बासी बस्ती भत्काउने सरकारी निर्णयप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै गरिब र सुकुम्बासीको पीडा नबुझेको आरोप लगाएका छन्।