इलामको चिया : राख्नु न उखेल्नु
“राख्नु न उखेल्नु भयो अहिले आएर यो चिया पनि” तीन वर्ष अघिदेखिको चियाको मूल्य पाउन नसकेको स्मरण गर्दै इलाम नगरपालिका– २ सुम्बेकका चिया किसान मात्रिका खतिवडाले भने । “फालौँ भने लोभलाग्दो गरी पलाइरहेको छ, राखौँ भने वर्षेनी भाउ घट्दै जान्छ,