सयौँ बिगाहा जग्गा रहेको जलेश्वरलाई भोग लगाउने खर्च समेत छैन
महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वरनाथ महादेव मन्दिरको नाममा सयौँ विगाहा जमिन रहेको कागजले देखाउँछ । त्यसो भए पनि अहिले भने मन्दिरका लागि आवश्यक भोग लगाउने (प्रसाद बनाउने) समेत खर्च नरहेको सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । वास्तविकता भने यही हो