वैदेशिक रोजगारीमा कोरोनाको प्रभाव
कोरोनाका कारण भारतमा रोजगारी गुमेर फर्किएका अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–५ का देबहादुर विकले गाउँकै क्वारेन्टिनमा आत्महत्या गरे । उनको यो निर्णयले उनको परिवारकै खुशी लुटिएको छ । “परिवारमा दुई छाक जोर्न पनि समस्या भयो”, मृतककी श्रीमती मनकला विकले दुखेसो पोखिन ।