एसपीपी सम्झौता एमालेले कुनै हालतमा स्वीकार्दैनः शंकर पोखरेल
बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकासँग सरकारले गर्ने भनेको एसपीपी सम्झौता एमालेले कुनै हालतमा पनि नस्वीकार्ने बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।