काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिने विश्वासको मतबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको वैठक छुट्टाछुट्टै बस्दै छ ।
केन्द्रीय कार्य सम्पादन समितिको वैठक बिहान साढे १० बजे संसद् भवनको शंकर हलमा र संसदीय दलको वैठक मध्याह्न १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ ।
राप्रपा र नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबारको संसद बैठकमा विश्वासको मत लिन लागेका छन् । १० दलीय गठवन्धनले एक ढिक्का भएर विश्वासको मत दिने शनिबार नै निर्णय गरेका छन् ।
यसैवीच आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । आजको बैठकबाट कांग्रेस सत्ता पक्षको बेन्चमा र नेकपा एमाले प्रतिपक्षीको बेन्चमा सर्ने तयारीमा रहेको बताइएको छ ।
यसअघि फागुन १७ गतेको बैठकमा कांग्रेस र एमाले दुवै प्रतिपक्षको बेन्चमा बस्ने स्थिति आएपछि उक्त बैठक स्थगित गरिएको थियो ।