काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा छलफल गर्न बैठक बोलाएको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा पनि छलफल हुनेछ । प्रधानमन्त्री प्रचण्ड भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारीमा छन् ।




















