माओवादी र नेपाल समाजवादीबीच एकता हुने
काठमाडौ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता हुने भएको छ। शनिबार प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको भेटमा दुई पार्टीबीचको एकता प्रक्रियाका विषयमा छलफल भएको छ ।