काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जातिभेद उन्मुलन तोड्न समाजका सबै तप्काबाट जागरण अभियान चलाउनु आवश्यक रहेको बताएका छन् ।
आज २१ मार्च, अर्थात् ५८ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन ।
स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै अध्यक्ष ओलीले कानुनी रुपमा अन्त्य भएको मानव सभ्यताको कलंकका रुपमा रहेको जातिभेद, रंगभेद तथा छुवाछतको अमानवीय प्रथालाई सामाजिक रुपमा समूल अन्त्य गर्नका लागि आ-आफ्नो ठाउँबाट सक्रिय रहन सबैमा आह्वान गरेका छन् ।
ओलीले रङ्गभेद लगायत विभिन्न अमानवीय प्रथाका विरुद्ध आन्दोलनमा ज्यान गुमाउने सबैप्रति श्रद्धासुमन अर्पण समेत गरेका छन् ।
सन् १९६० आजैका दिन दक्षिण अफ्रिकामा जातिभेद एवं रङ्गभेदका विरुद्ध शान्तिपूर्ण यालीमा उत्रिएका दर्जनौ निहत्था नागरिकहरुले मृत्युवरण गरेका थिए । यसै दिनको सन्दर्भ पारेर संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातिभेद उन्मुलन सम्बन्धी महासन्धि पारित गर्यो । यसै दिनदेखि विश्वव्यापी रूपमा जाति तथा रङ्गभेद उन्मुलन दिवस मनाउने प्रचलन शुरु भएको हो ।