रास्वपाले तत्काल सरकार नछाड्ने, उच्चस्तरीय संयन्त्र बैठकको माग
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकार नछाड्ने भएकाे छ । आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिन पर्खिने तथा सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय समेत गरेको