काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफूले घुस खाएको प्रमाणित गरे एक मिनेट पनि पदमा नबस्ने घोषणा गरेका छन् ।
पशुपति विकास कोषको जग्गा अपचलनमा उनको संलग्नताका विषयमा समाचार सार्वजनिक भएपछि मन्त्री राईले घुस नखाँदा र नखुवाउँदा आफ्नो विरोधी सलबलाएको टिप्पणी गरेका छन् ।पशुपतिको अचल सम्पत्तिका रूपमा रहेको कागेश्वरी मनहरा नगरपालिकास्थित जग्गाको अतिक्रमित भाग छाडेर बाँकी हालसाबिक (नयाँ नापी भइसकेपछि पुरानो स्रेस्तालाई खारेज गरेर नयाँ नापीअनुसारको स्रेस्ता कायम गर्नु) गर्न खोजिएको भन्दै त्यसमा मन्त्री किराँतीलाई जोडेर आलोचना भएको थियो ।
मन्त्री किराँतीले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् –“मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बहुलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला १ प्रमाणित गर म एक मिनेट बस्दिनँ।’