काठमाडौं । आर्थिक वर्ष ०८०/८१ को बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा छलफल गर्न आज मन्त्रिपरिषद वैठक बस्न बस्दैछ ।
सरकारका तर्फबाट सोमबार अपराह्न ४ बजे बजेट प्रस्तुत हुँदैछ भने बुधबार (जेठ १७ गते) देखि नै प्रधानमन्त्री दाहाल भारत प्रस्थान गर्दैछन् ।
प्रधानमन्त्री दाहालले भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री लगायतसँग राजनीतिक परामर्श गर्ने छन् भने त्यससँगै कूटनीतिज्ञहरूसँग पनि परामर्श गर्ने कार्यतालिका छ ।
पहिलो चरणमा पूर्व प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, पूर्व परराष्ट्र मन्त्री लगायतसँग चरणमा छलफल गर्नेछन् । जुन छलफल २ बजेबाट सुरु हुनेछ ।
दोस्रो चरणमा कूटनीतिक परामर्श गर्नेछन्, जुन छलफलमा पूर्व परराष्ट्र मन्त्रीहरू तथा भारतका लागि पूर्व नेपाली राजदूतसँग छलफल हुनेछ । दोस्रो छलफल ३:३० बजे हुनेछ ।