हिउँदे अधिवेशन प्रभावकारी बनाउन नेकपाले भूमिका खेल्ने
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सङ्घीय संसदको हिउँदे अधिवेशन प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने भएको छ । नेकपा संसदीय दलको आज यहाँ बसेको बैठकले संविधान र सङ्घीयता कार्यान्वयनका लागि आवश्यक विधेयक पारित गर्न आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको