काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डका नवनिर्वाचित प्रधानमन्त्री प्रयुत चान ओ–चालाई आज बधाई सन्देश पठाउनुभएको छ ।
उहाँले आज दिनुभएको शुभकामना सन्देशमा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रवत् सम्बन्ध कायम रहेको बताउँदै उहाँको कार्यकालमा दुई देशबीचको सम्बन्ध मित्रता र सहकार्य थप सुदृढ हुने समेत विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले थाइ प्रधानमन्त्री ओ–चाको सुस्वास्थ्य र सुखका साथै थाइ जनताको प्रगति र समृद्धिको कामनासमेत गर्नुभएको छ ।