अध्यक्ष पुष्पकमल दाहालद्वारा गणतन्त्र स्मारकको अवलोकन
काठमाडौँ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्मित गणतन्त्र स्मारकको अवलोकन गर्नुभएको छ । स्मारकको अवलोकनपछि उहाँले आफू प्रधानमन्त्री हुँदा यही परिसरभित्रै स्मारक बनाउनुपर्छ भनी ल्याएको अवधारणाले अहिले मूर्त रुप पाउँदा खुशी लागेको बताउनुभयो ।