काँग्रेसमा वडादेखि केन्द्रसम्म महिला सहभागिता बढाउन माग
काठमाडौँ । नेपाली काँग्रेसका नेताहरुले वडा तहदेखि केन्द्रसम्म महिला सहभागिता बढाउँदै लैजानुपर्ने बताउनुभएको छ । लोकतान्त्रिक सचेतना अभियानले आज यहाँ आयोजना गरेको ‘१४ औँ महाधिवेशनमा महिला तथा युवा नेतृत्व, सम्भावना र चुनौती’ विषयक भर्चुअल अन्तरक्रियामा नेताहरुले वडा तहदेखि नै महिला