Margadarsan


  • प्रदेश २ सरकारको भ्रष्टाचार र अनियमितता रोक्नुप-यो : शत्रुधन महतो

    मार्गदर्शन २० आश्विन २०७८, बुधबार

    जनकपुर । प्रदेश २ का सांसद शत्रुधन महताले आफ्ना जनताको काम गर्न केन्द्र सरकारको मुख ताक्न नहुने बताएका छन् ।

    बुधबार प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जनताको आवश्यकता पूरा गर्न केन्द्र सरकारलाई कुर्न नहुने बताए ।

    ‘केन्द्र सरकारले गरेन भन्दैमा जनताको आवश्यकता पूरा नगर्ने भन्ने होइन । यसैका लागि संघीयतामा गएका हौँ । मलखादजस्ता आवश्यकता प्रदेश सरकारले पूरा गर्नुपर्छ’, उनले भने, जनताको काम गर्न केन्द्र सरकारलाई कुरिरहनुपर्दैन ।’

    प्रदेश २ मा निकै भ्रष्टाचार र अनियमितता हुने गरेको भन्दै उनले यस्ता कार्यलाई रोक्नुपर्ने बताए । साइलक, बस, वारुणयन्त्र खरिदमा भएको अनियमितताबारे प्रदेश जनता जानकार रहेको भन्दै उनले यस्ता कार्यलाई रोकेर प्रदेशको विकास र समृद्धि गर्नुपर्ने बताए ।

    फेसबुक प्रतिक्रिया