संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं । सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । भोलि राति १२ बजेदेखि लागु हुनेगरी बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो