बुटवल । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत रुपन्देही ३ (क) को मतगणनास्थलमा विवाद चर्किएपछि क्षेत्रीय सचिव पदका उम्मेदवारमाथि कुटपिट भएको छ ।
मतगणना स्थलमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरबीच विवाद हुँदा झडप भएको थियो ।
घटना हुँदा कम्तीमा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थाका शैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । पन्त क्षेत्रीय सचिवका उम्मेदवार हुन् । पन्तको नाकमा गहिराे चाेटसहित नाकको डाँडी भाँचिएको छ ।
घाइते अन्यको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ । आक्रमण भएपछि मतगणना स्थगित भएको छ ।