संखुवासभामा पाँचदलीय गठबन्धन टुट्यो: कांग्रेस सभापति खड्का
संखुवासभा । संखुवासभामा स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धन नहुने भएको छ । गठबन्धनमा भागबन्डामा कुरा नमिलेपछि पाँचदलीय गठबन्धनमा आबद्ध दलबीच खटपट सुरु भएको छ । खाँदबारीमा चार दिनसम्म गठबन्धनको बैठक बस्दा पनि निष्कर्षमा नपुगेपछि गठबन्धन टुटेको अनुमान गरिएको छ ।