एमालेमा युवाहरुको आकर्षण बढ्यो, पार्टी सदस्यता लिनेको संख्या ६ लाख : ईश्वर पोखरेल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी सदस्यता लिने संख्या ६ लाख हाराहारी पुगेको बताएको छ । विधान महाधिवेशनमा पेश गर्न पार्टी महासचिव ईश्वर पोखरेलले तयार पार्नुभएको संगठनात्मक प्रतिवेदन मस्यौदामा पार्टी सदस्यता लिने संख्या दोब्बरभन्दा धेरैले बढेको जनाइएको छ