काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदसम्बन्धी बिधेयकका बिषयमा चर्चा गर्न आवश्यक नभएको बताएका छन् ।
सोमबार सिंहदरबारमा पत्रकारहरुसंग कुरा गर्दै सभामुख सापकोटाले संवैधानिक परिषदसम्बन्धि विधेयक अर्को सभामा दर्ता भएकाले विधेयकबारे चर्चा गर्नु मनासिव नभएको बताए । उनले विभिन्न संसदीय समितिका सभापति पद रिक्त रहेका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीका साथै पार्टीका नेताहरुसंग छलफल गरिरहेको जानकारी दिएका छन् ।
ढिलै भए पनि उपसभामुखको निर्वाचन भएसँगै संसद्को काम अझ प्रभावकारी ढंगबाट अगाडि बढ्ने वताउँदै सभामुख सापकोटाले अहिले नागरिकता, संघीय निजामति बिधेयकलाई अघि बढाउन ध्यान केन्द्रीत गरेको र अरु महत्वपूर्ण बिधेयक अघि बढाउन पहल भइरहेको जानकारी दिएका छन् ।
सभामुख सापकोटाले सङ्घीय सरकारका मन्त्री हेरफेरका कारण संसद् सचिवालयमा दर्ता भएका विधेयकमाथिको छलफल अगाडि बढाउन समस्या भएको गुनासो गरेका छन् । उनले चालु अधिवेशनबाट १५ विधेयक पारित भएको र पाँच समितिका साथै विभिन्न संवैधानिक आयोगका प्रतिवेदन संसद्मा पेश भएको जानकारी दिएका छन् ।