“नेताको उपचार खर्च किसानलाई दिउँ”
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले उखु किसानको समस्या राज्यले सम्बोधन नगरे माइतीघर मण्डलामा आमरण अनसन बस्ने चेतावनी दिएका छन् । लेखा समितिको बैठकमा मंगलबार आफ्नो धारणा राख्दै सांसद मोदीले किसान मरिरहँदा राज्यले नसुनेको भन्दै आक्रोश पोखे ।