काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिदीबहिनीबाट भाइटीका लगाएका छन् ।
अध्यक्ष ओलीले बालकोटस्थित आफ्नै निवासमा विष्णुमाया ढकाल, कौशिल्या कोइराला र कान्छी बहिनी विष्णु ओलीद्वारा भाइटीका लगाएका हुन् ।
प्रधानमन्त्री देउवाले लगाएनन् भाइटीका
प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएका थिएनन् ।




















