सांस्कृतिक झाँकीसहित यज्ञराज उपाध्यायको ‘काली-कर्णालीको लोकसाहित्य तथा संस्कृति’ लोकार्पण
काठमाडौं । वरिष्ठ लोक गायक एवम् संस्कृतविद् यज्ञराज उपाध्यायको ‘काली-कर्णालीको लोक साहित्य तथा संस्कृति’ नामक पुस्तक सांस्कृतिक झाँकीसहित लोकार्पण गरिएको छ। काली-कर्णाली क्षेत्रको लोकसाहित्य र संस्कृतिको खोज-अनुसन्धान गरी लेखिएको विशद ग्रन्थ आज मंगलाचरण, स्वस्ति वाचन, फाग, चैत, पुतला, हुड्केली, छलोका साथ