इटालीमा हेलिकोप्टर दुर्घटना, ७ जनाको मृत्यु
काठमाडौँ । इटालीमा हेलिकोप्टर दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । शनिबारबाट बेपत्ता हेलिकोप्टरपछि भेटिएको र हेलिकोप्टरमा सवार सबै ७ जनाको शव भेटिएको इटालीका अधिकारीले जानकारी दिएका छन् । अधिकारीहरुले शनिबार बिहान सो हेलिकोप्टर एयर ट्राफिकबाट हराएको जनाएका थिए ।