दक्षिण कोरियाको राजधानी सोलमा भीषण आगलागी, ६० भन्दा बढी घर जलेर नष्ट
काठमाडौं । दक्षिण कोरियाको राजधानी सोलस्थित झुग्गी बस्तीमा आगलागी भएको छ । शुक्रबार बिहान आगलागी हुँदा ६० भन्दा बढी घर जलेर नष्ट भएको अधिकारीहरूले जनाएका छन्। मानवीय क्षतिबारे कुनै विवरण नभए पनि सयौं स्थानीयको उद्धार गरिएको बीबीसीले जनाएको छ ।