बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर
काठमाडौँ । बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर भएको छ । राजकुमारी केटले एक भिडियो सन्देश सार्बजनिक गर्दै आफूलाई क्यान्सर भएको र यसको उपचार भइरहेको बताएपछि यसको खुलासा भएको हो । उनको उपचार अझै प्रारम्भिक चरणमा रहेको उनले बताएकी छन् ।