नेपाल प्रहरीका नौ उच्च प्रहरी अधिकारीको एकैपटक बिदाइ
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौ जना उच्च प्रहरी अधिकारीले एकै पटक अवकाश पाएका छन् । तीस वर्ष सेवा अवधि पूरा गरेका महानिरिक्षक सिंहसहितका उच्च अधिकारीहरूलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक कार्यक्रममार्फत शुक्रबार साँझ बिदाइ गरिएको हो