काठमाडौं । राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भएको नागरिकता विधेयकविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।


शुक्रवार काठमाडौंको माईतीघरमा नागरिकता विधेयक प्रमाणीकरण भएको विरोधमा प्रदर्शन भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते नागकिरता विधेयक प्रमाणीकरण गर्नुभएको थियो ।


नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक भएको भन्दै अहिले विभिन्न स्थानमा बिरोध भइरहेकाे छ ।
यसकै बिरोधमा आज माईतीघरमा राष्ट्रवादी केन्द्र नेपालले नागरिकता विधेयक खारेजी र अखण्ड नेपालको पक्षमा बिरोध प्रर्दशन गरेको छ ।



उनीहरुले माईतीघरमा ढ्यांग्रो ठटाएर विरोध जनाएका छन् ।






















