काठमाडौं उपत्यकाको मतगणना आज रातिदेखि नै हुँदै
काठमाडौं । निर्वाचन आयोगले काठमाडौं उपत्यकालगायत केही जिल्लामा आज रातिदेखि नै मतगणना हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं उपत्यकासहित केही जिल्लाहरुमा मतपेटिका ल्याउने काम भइरहेको र मतपेटिका ल्याइसकेपछि सर्वदलीय बैठक बसेर आजैदेखि मतगणना सुरु गरिने बताए