जाजरकोट । पौडी खेल्ने क्रममा डुबेर दुई बालकको निधन भएको छ ।
भेरी नगरपालिका– १३ खानेपानी तथा सिँचाइ पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको निधन भएको हो ।
पौडी खेल्ने क्रममा डुबेर नरबहादुर बस्नेतका वर्ष ८ का छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका वर्ष ९ का छोरा प्रमोद बस्नेतको मृत्यु भएको हो ।
स्कुलबाट फर्केर खाजा खाएर पौडी खेल्न गएका दुई बालक पौडी खेल्ने क्रममा डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जानकारी दिएको छ ।