क्रिकेटर लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ आज
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दामाथि आज सुनुवाइ हुने भएको छ। सो मुद्दाको पेशी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ। यसअघि मुद्दाको पेशी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन। न्यायाधीशको अभावमा मुद्दाको सुनुवाइ हुन नसकेको जिल्ला अदालत काठमाडौंले जनाएको छ