भानु जयन्तीमा बालउद्धारमा वक्तृत्वकला, चित्रकला र कविता प्रतियोगिता सम्पन्न
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नं. १० मा रहेको बालउद्धार माध्यमिक विद्यालयले वक्तृत्वकला, चित्रकला र कविता प्रतियोगिताको आयोजना गरेको छ । विद्यालयका प्रधानाध्यापक विनोद पण्डितको सभाध्यक्षतामा आयोजित सो प्रतियोगिता आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीका अवसरमा सम्पन्न भएको हो ।