
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ग्वार्कोमा निर्माणाधिन फ्लाई ओभरको स्थलगत निरीक्षण गरेका छन् ।
मन्त्रालयका उच्च अधिकारीसहित सोमबार बिहान निर्माण स्थलमा पुगेका मन्त्री दाहालले निरीक्षण पश्चात फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिएका छन् । मन्त्री दाहालले पूर्वाधार तथा विकास आयोजना निर्माण कार्यमा हुने ढिलासुस्ती सह्य नहुने चेतावनी पनि दिएका छन् ।
सहरी तथा यातायात व्यवस्थापनमा महत्वपूर्ण मार्निका फ्लाई ओभर निर्माणको कार्यलाई समयमै सक्न मन्त्री दाहालले निर्देशन दिएका छन् । निरीक्षण टोलीमा मन्त्री दाहाल सहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल लगायत अधिकारी सहभागी थिए ।
३० मिटर स्पानको ४ लेनको पुल सहितको फ्लाई ओभर निर्माणको काम आशिष–समानान्तर–रेलिगेर जेभी काठमाडौले गरिरहेको छ ।




















