कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो
म्याग्दी । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ। यो वर्षको सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर पितृतर्पण गर्न आउन नपाएकाहरु दशैँलगत्तै आउन थालेका हुन्। कागबेनीस्थित कालीगण्डकी नदी किनारको श्राद्धस्थलमा