काठमाडौं । आज दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका एक युवाको मृत्यु भएको छ ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिएका छन् ।
प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्याइएको थियो । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यका अनुसार महर्जनको घाँटीमा गोली लागेको थियो ।