न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने नवनियुक्त प्रधानन्यायाधीश राउतको प्रतिबद्धता
काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने प्रतिबद्धता जनाएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीश राउतले पद तथा गोपनीयताको शपथ लिएपछि सर्वोच्च अदालतमा पदबहाली गर्दै उनले मुद्दाको चाप कम