काठमाडौं । हाल देशमा मूख्यतया स्थानीय वायुको प्रभाव रहेको छ ।
कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ ।
आज दिउँसो, देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मूख्यतया सफादेखि आंशिक बदली रहने जल तथा मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २६ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस मापन गरिएको छ । आज सूर्यदय ५ बजेर ४१ मिनेटमा भयो भने सूर्यास्त ६ बजेर २९ मिनेटमा हुनेछ ।