राष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि मौन अवधि
राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि मौन अवधि शुरु भएपछि कुनै पनि उम्मेदवार र राजनीतिक दलले प्रचारप्रसार गर्न र मत माग्न पाउने छैनन्